खबर

हजयात्रीको पहिलो समूहलाई बिदाइ

काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह बिहीबार त्यसतर्फ प्रस्थान गरेकाे छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नु भएकाे जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ ।

मुस्लिम जनसंख्याको शून्य दशमलव शून्य एक प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ। विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार १८० हजयात्रीहरू साउदी अरेबिया पुग्नुहुने छ। उहाँहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनुहुने छ। नेपालमा मुस्लिम जनसंख्या १२ लाखको हाराहारीमा छ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवम् गृह मन्त्रालयका उपसचिव विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनौट हुने गर्दछ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button