खेलकुद

बेलिङहम रियल म्याड्रिड जाने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गर्न सम्झौता गरेको छ ।

रियल म्याड्रिडले बेलिङहमलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०३ मिलियन युरोमा अनुबन्ध गर्न सम्झौता गरेको छ । केही दिनमा नै मेडिकल हुने छ ।

युरोपका केही शीर्ष पक्षहरूसँग जोडिएका मिडफिल्डरले रियलसँग ६ वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् । डर्टमुन्डले एक विज्ञप्ति जारी गर्दै रियलले बेलिङहको लागि १०३ मिलियन युरो तिर्न सहमत भएको छ र त्यसमा विभिन्न सम्भावित एड–अनहरू रहेका बताएका छन् । यदि ति एडअनहरु समावेश भएमा उनको सम्झौता १३३ मिलियन युरो पुग्नेछ ।

सन् २०२० को जुलाईमा बर्मिङहम सिटीबाट डर्टमुन्डमा आबद्ध भएका १९ वर्षीया बेलिङहमले गत वर्षको विश्वकपमा इङ्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

म्यानचेस्टर सिटी र लिभरपुल बेलिङहम अनुबन्ध गर्ने दौडमा थिए । अप्रिलमा लिभरपुलले खर्चको कारणले गर्दा बेलिङहमलाई अनुबन्ध गर्ने दौडबाट बाहिरियो ।

बर्मिङहमले बेलिङहमलाई २५ मिलियन पाउन्डमा डर्टमुन्डमा बेचेको थियो । १७ वर्षीय उनी त्यसबेला फुटबलको इतिहासमा सबैभन्दा महँगा युवा खेलाडी बनेका थिए ।

उनले डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरे र गत वर्ष अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचे । बेलिङहमले यस सिजन डर्टमुन्डका लागि ४२ खेल खेल्दा १४ गोल र ७ असिस्ट प्रदान गरेका छन् ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button