खबर

आज ३ प्रदेशमा पानी पर्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग महाशाखाको अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।EmountainTv

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button