
मेचीनगर । ‘विश्व बालश्रम विरुद्धको दिवस ’एक कार्यक्रमका बीच झापाको काँकरभिट्टामा पनि मनाईयो । नेपाल प्रहरीसहित स्थानीय स्तरमा समुदाय र मानवीय सेवासँग सरोकारवाला संघ संस्थाहरुको संयुक्त आयोजना आज बिहान(सोमबार) दिवस मनाईएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा,माईति नेपाल, साना हातहरु नेपाल, आफन्त नेपाल,विश्व सेवा विस्तार संस्था,साहसी महिला नेपाल, शक्ति समूह र नेपालका लागि आवाजले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिरुको रुपमा मेचीनगर नगरपालिका उप प्रमुख मीना पोखरेल(उप्रेती)रहेकी थिइन् । कार्यक्रममा साना हातहरु नेपाल काँकरभिट्टा अध्यक्ष रमेश गुरुङ्ग, प्रमुख अतिथि उप्रेती र कार्यक्रमका अध्यक्ष पौडेलले संक्षिप्त धारणा राखेका थिए । कार्यक्रम पूर्व एक ¥यालीले काँकरभिट्टा बजार परिक्रम समेत गरेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा र पत्रकारहरुको उपस्थिति रहेको थियो ।



