मूल खबर

झापाको बिर्तामोड नगरपालिकाले नियम बिपरित स्वास्थ्य विमा कार्यक्रम संचालन गरेको भन्दै श्रीप्रसादले गरे प्रशासनमा उजुरी (निवेदन सहित)

बिर्तामोड । झापाको बिर्तामोड नगर अस्पतालमा संचालन भएको स्वास्थ्य विमा कार्यक्रम नियमानुसार संचालन नभएको भन्दै स्थानीय श्रीप्रसाद सिटौलाले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकाछन् । जिल्ला प्रशासन कार्यालय झापामा उनले बिर्तामोड नगर अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत नियम विपरित फार्मेसी ठेक्कामा दिएको उनको निवेदनमा उल्लेख गरिएको छ । सिटौलाले दिएको निवेदनमा उल्लेख गरिए अनुसार स्वास्थ्य विमा बोर्डको निर्देशन विपरित बिर्तामोड नगरपालिकाले कार्य गरेको जिकिर गर्दै अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम अनुसा स्वास्थ्य विमा बोर्डले दिएको निर्देशन अनुसार फार्मेसी संचालन नभएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button