मूल खबर

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

काठमाडौं ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए। संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका थिए।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button