मूल खबर

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

काठमाडौं : प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ।

बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बोलाइएको छ। यसअघि पनि प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो।

यसैगरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।अन्नपूर्ण

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button