खबर

कोशी, गण्डकी र बागमती प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थनमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक/ दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।ईमेजखबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button