खेलकुद

मोराटाको दुई गोलमा रियलको शत प्रतिशत नतिजामा पूर्णविराम

मड्रिड । अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले आफ्नो चिर प्रतिद्वन्द्वीमाथि शानदार जित निकाल्दै ला लिगामा रियल मड्रिडको शत प्रतिशत सुरुवातमा पूर्ण विराम लगाएको छ। आइतबार राति भएको खेलमा एट्लेटिको ३–१ गोलले विजयी बन्यो ।

रियलका पूर्व फरवार्ड मोराटाले सामुएल लिनोको खतरनाक क्रसलाई गोलमा परिणत गर्दा एट्लेटिकोले चार मिनेटमै अग्रता लिएको थियो । एन्टोनी ग्रिजम्यानले अर्को हेडरको साथ २-० को अग्रता बनाए।

टोनी क्रुसले रियलका लागि एक गोल फर्काए पनि दोस्रो हाफको सुरुवातमा नै साउल निगुएजको बललाई जाली चुमाउँदै मोराटाले एट्लेटिकोको जित सुनिश्चित गरे ।

जितले एट्लेटिकोलाई तालिकाको पाँचौँ स्थानमा पुर्‍याएको छ, जबकि यस सिजनमा पहिलो पटक अङ्क गुमाएको रियल बार्सिलोना र जिरोना पछि तेस्रो स्थानमा छ ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button