मूल खबर

दैनिक बिस किलोसम्म सुन आयात गर्न सकिने

काठमाडौँ । अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न भने नपाइने उल्लेख गरको छ ।

व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनामा आयात गर्न नपाइने राष्ट्र बैङ्कको भनाइ छ

तर कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा नपर्ने राष्ट्र बैङ्कको एकीकृत परिपत्रमा उल्लेख छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button