खबर

भ्रमपूर्ण सूचनामा विश्वास नगर्न आग्रह

काठमाडौँ । वैदेशिक रोजगार विभागले जर्मनीमा नेपाली सहायक श्रमिकको माग भएको भन्ने भ्रमपूर्ण सूचना केही दिनदेखि सामाजिक सञ्जालमा लगातार प्रकाशित भएकाले त्यस्ता भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । विभागले सामाजिक सञ्जालमा आएका त्यस्ता सूचनाहरू भ्रमपूर्ण र झुटा भएकाले त्यस्ता सूचनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो ।

विभागको विज्ञप्तिमा भनिएको छ, नेपाल सरकार र जर्मनी सरकारबिच भएको श्रम सम्झौताको हवाला दिई विभिन्न सेवा सुविधासहित आकर्षक तलबसम्बन्धी विषय समावेश गरी विभागले गर्ने सूचना जस्तै गरी जर्मनीमा नेपाली सहायक श्रमिक छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरेको भ्रमपूर्ण विज्ञापन र सूचनाप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ । विभागका अनुसार अहिलेसम्म सरकारले हालसम्म १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरेको छ ।

जापान पठाउने भन्दै ठगी

यसैबिच काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब सेवा सुुविधा जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button