खबर

एसिसी कप यू–१९ क्रिकेट : बहराइनविरुद्ध नेपालले पहिलो ओभरमै गुमायो २ विकेट

काठमाडौं ।

एसिसी प्रिमियर कप यू–१९ क्रिकेटमा बहराइनविरुद्ध नेपालले पहिलो ओभरमा नै २ विकेट गुमाएको छ। नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो। नेपालले पहिलो ओभरको तेस्रो बलमा ओपनर दिपक बोहोरालाई शुन्य रनमा गुमाएको थियो। चौथो बलमा नै विकेट किपर उत्तम राङगु थापा मगर एलबीडब्लु धरापमा परे। दोस्रो ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा १० रन बनाएको छ।

क्रिजमा अर्जुन कुमाल र दिपब प्रसाद डुम्रे समान १ रनमा नटआउट छन् । त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो।

बहराइनलाई कम स्कोरमा रोक्न घाटक बलिङ गरेका दिपेश कडेँल एक्लैले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए। एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकीम र अविनभ गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button