खबर

बल्खुमा दुई समूहबीच झडप र ढुङ्गा हानाहान

बल्खुमा दुई समूहबीच झडप र ढुङ्गा हानाहान । तस्बिर : कबिन अधिकारी

काठमाडौं। काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ ।

बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईंको समूहले ढुङ्गाप्रहार गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही समयमा युवासंघको र्‍याली बल्खु हुँदै तीनकुने जाँदै थियो ।

प्रहरीले स्थिती नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button