सृजनाको चौतारी

फर्केर आउ तिमी

गजल

चेहराले पनि धेरै कुरा बताउछ ।
कुनै क्षण सम्झेर यता हेर्ने गर ।
समय निकाल फुर्सतमा मेरो लागि ।
एकान्तमा गीत गुनगुनाउने गर।
भन्दिन म, कसै संग पनि केही ।
दर्द बिछोडको प्यालामा पिउने गर ।
बुझनेले सम्झे पुग्छ यो मनको ब्यथा ।
आउ तिमी पनि प्रेममा रमाउने गर
मेरो नज़र तिमी आउने प्रतीक्षामा
तस्वीर हेरेर याद सजाउने गर ।
छोड़ देउ तिमी यो मतलबी जमाना ।
समिप आई मेरो दिलमा बस्ने गर ।
अब रोकिदैन आँशुको यो धार ।
नजरलाई यो आँशुले सेक्ने गर ।
बिछोड़मा तिमी मेरो सपनीमा आउ।
हरेक रात आई मलाई जिस्काउने गर
यो जमाना हो ,म लुटाउन सक्छु।
मदहोश प्यालामा तिमी साटिने गर ।
बस् , तिमी फर्केर आई देउ अब ।
जो अबस्थामा छु तिमी रमाउने गर ।

भद्रपुर, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button