खबर

पश्चिमी वायुको प्रभाव : आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।    हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको उक्त प्रभावले देशका   पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । साथै देशका तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

विहिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहमा हिमपातको समेत सम्भावना रहेको छ।रिपोटर्स नेपालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button