
फर्केर आउदैन समय ।
समयको साथ हिडनु छ ।
समयले गर्दछ हाम्रो प्रतीक्षा ।
हामीले नै समयलाई बदल्नु छ ।
जिन्दगी चलि रहेको छ ।
जिन्दगीको साथ चल्नु छ ।
रोक्नु हुदैन पाईला हाम्रो ।
अहिले हामी हिड्नु छ ।
जिन्दगी सम्हालिने छ अब ।
समयको साथ बदलिनु छ ।
समयले किन दिदैन साथ हाम्रो ।
हामी पथिक हौँ ।
हामीले त हिड्नु छ ।
जिन्दगी हाम्रो थियो हाम्रो हो ।
हामीले जिन्दगी भरि हिड्नु छ ।
याद रहने छ हाम्रो सदा ।
बस् । हामीले याद गर्दै हिड्नु छ ।



