खेलकुद

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

तस्वीर क्यान

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै छ ।

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो। मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ। आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो।

नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button