मूल खबर

सरकारको ‘नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक हुँदै

काठमाडौं । आज सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । शनिबार सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनत्तम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मस्यौदा शीर्ष नेताहरूले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । मस्यौदा साेमबार सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको हो ।यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनत्तम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button