मूल खबरहेड लाइन

मेचीनगरका चार राजनीतिकदलको विज्ञप्तिःलाजपनि लजाउने राजनीति नगर्न आग्रह

मेचीनगर । काँकरभिट्टा स्थित भानु साहित्यिक प्रतिष्ठानको निर्वाचन स्थगितका बारेमा चार राजनीतिकदलले  विज्ञप्ति मार्फत विरोध गरेकाछन्। निर्वाचन समितिले  निर्वाचन तालिका अनुसार कार्यक्रम संचालन गरिरहेको समयमा एक्कासी निर्वाचन स्थगित भएकोप्रति उनीहरुले आपत्ति जनाएका हुन् । नेकपा(माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

हिजो मिति २०८१÷०३÷१३ गते विहिबारका दिन भानु साहित्यिक प्रतिष्ठान निर्वाचन समितिको तर्फबाट प्रकाशित सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय विभूतिको नामबाट स्थापित विशुद्ध सामाजिक तथा साहित्यिक प्रतिष्ठानलाई विगत देखि नै विभिन्न बहानामा विवादमा तान्ने पात्रहरुको षड्यन्त्रमूलक योजनामा संस्थाको साधारणसभाबाट प्राप्त मेण्डेड विपरित हुने गरी यस क्षेत्रका नव–सामन्तहरुको झुण्डको कोठे बैठकलाई तथाकथित् सर्वपक्षीय बैठकको जामा पहि¥याएर गरिएको फर्मानप्रति खेद व्यक्त गर्न चाहन्छौं । साथै, उक्त झुण्डको कठपुतली निर्वाचन समितिलाई संस्थाको गरिमामय साधारणसभाबाट आफूलाई प्राप्त काम, कर्तव्य र अधिकारको जिम्मेवारी पूरा गर्न तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन वा उत्पन्न हुनसक्ने कानुनी, संस्थागत, राजनीतिक तथा नैतिक प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिन तयार रहन आग्रह गर्दै पुनश्चः राष्ट्रिय विभूतिको नामबाट स्थापित साहित्यिक प्रतिष्ठानमा लाज पनि लजाउने प्रकारको राजनीतिक हस्तक्षेप नगर्न सम्बद्ध पक्षलाई सचेत गर्न चाहन्छौं ।

राजन चिमरिया     कमल गौतम              ओमप्रकाश खापुङ)                      होम विष्ट
अध्यक्ष                          सभापति                               अध्यक्ष                               का.बा.अध्यक्ष
नेकपा (माओबादी केन्द्र  राष्ट्रिय स्वतन्त्र पार्टी    जनता समाजवादी पार्टी                      रा. प्र. पा.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button