
मेचीनगर । धान दिवशको अवसरमा नेकपा(माओवादी केन्द्र)मेचीनगरले नगरका ७५ जना किसानलाई कोदालो (फरुवा)वितरण गर्ने भएको छ । नगरकमिटी अध्यक्ष राजन चिमरियाका अनुसार मेचीनगर क्षेत्र भित्रका किसानलाई असार १५ गते कोदालो वितरण गरेर धान दिवश मनाउने बताए । हातमा ठेला उठेका पसिना बगाएर बाँचेका मेहनतकस किसानलाई थोरै भए पनि सहयोग गरेर श्रम हौसलाका साथ धान दिवश मनाउन लागेको चिमरियाको भनाई छ । मेचीनगरका विभिन्न वडाका ७५ जना किसानलाई उहाँहरुको जिवनसँग जोडिएको फरुवा (कोदालो) वितरण गर्दै श्रम र पसिनाको सम्मान स्वरुप भोली असार १५ र धान दिवश मनाउने अध्यक्ष चिमरियाले बताए ।



