
झापा मेचीनगर नगरपालिका वडा नं ७ (भान्सा खोला)का भीम गणेश आर्थीक समस्याका कारण एघार महिनादेखि खुट्टाको घाउको दुःखाई बोकेर बसेकाछन् । बिहान बेलुकी खान समेत समस्या परेको यो परिवारमा अहिले झन् ठूलो समस्या आएको छ । उनका खुट्टाका औँलाहरु क्रमशः झर्दै गएकाछन् । आर्थीक अभावकै कारण उनी सरकारी अस्पताल समेत पुग्न सकेका छैनन् । गणेशका छोरा करणले आफ्नो बाबुको उपचारका लागि सबैसँग अनुरोध समेत गरेकाछन् । सहयोग गर्न ईच्छुक महानुभावहरुका लागि करण गणेशको सम्पर्क नं समेत हामीले यहाँ राखेका छौँ (९८०७९४७८८४)



