
मेचीनगर –नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दमक नगर कमिटीको पुनर्गठन भएको छ ।बिहिबारअगुवा कार्यकर्ता भेला तथा नगर कमिटी पुनर्गठन गरिएको छ ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र केन्द्रीय सदस्य निलमणी बरालको प्रमुख आतिथ्यतामा आयोजित भेलाले दमक नगर कमिटीलाई पुनर्गठन हो ।
दमकस्थित जोर्बा होटलमा सम्पन्न भएको भेलाले हरिप्रसाद नेपालको नेतृत्वमा १५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी पुर्नगठन गरिएको हो । सो कमिटीको उपाध्यक्षद्धयमा जीवन सेढाई र सोममाया लिम्बू रहेकाछन् ।
त्यसैगरी, कमिटीको सचिवमा सुबास सुवेदी, उपसचिवमा डिकेन्द्र बस्नेत रहनुभएको छ । कमिटीको सदस्यहरुमा युवराज घिमिरे, मनकुमार दर्नाल, हमला प्रसाई, तोर्ण पौडेल, अनिलदेब राईलगायत रहेकाछन् ।
पुनर्गठित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य बरालले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सो क्रममा बरालले पार्टीले दिएको जिम्मेवारीमा रहेर अनुशासन र लगनशिल भएर गतिविधिहरु सञ्चालन गर्न र रचनात्मक अनि सृजनात्मक कार्यमा सक्रियता देखाउन आवश्यक बताए ।
सो भेलामा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य अनिलदेब राई लगायतको सहभागिता रहेको थियो ।



