मूल खबरहेड लाइन

शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह

काठमाडौँ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस चलाउने प्राधिकरणले आग्रह गरेको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आङ्कलन गर्न गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेको हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन भनिएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह समेत गरेको छ ।

यसैगरी पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन । दाउन निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि प्राधिकरणले भनेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button