
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले नेपालमा रेल र पानी जहाजको संभावना रहेको बताए । आज झापाको मेचीनगर नगरपालिका वडा नं १को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले रेल र पानी जहाजको संभावना रहेको जिकिर गर्दै यसको तयारीमा लागेको समेत बताए ।निमार्णाधिन मदन भण्डारी राजमार्गको निरिक्षण तथा अनुगमनका क्रममा मेचीनगर नगरपालिका वडा नं १मा पुगेका उनले यस क्षेत्रको समस्याका बारेमा आफु जानकार रहेको बताउँदै समस्या समाधानका लागि आफुले पहल गर्ने समेत बताए ।कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीले यस क्षेत्रका समस्यका बारेमा लिखित र मौखिक रुपमा जानकारी गराएकि थिइन् । कार्यक्रममा एमाले नेता रबिन कोइरालाले यस क्षेत्रका समस्याका बारेमा जानकारी गराएका थिए ।



