मूल खबरहेड लाइन

मानव तस्करीका आरोपित पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

कडा सुरक्षामा काठमाडौं आइपुग्नु भएका पूर्वमन्त्री एवं नेकपा (एमाले)का कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारी ।

काठमाडौँ, कात्तिक २५ गते। पूर्वमन्त्री एवं नेकपा (एमाले)का कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ।

आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौँ ल्याइएको हो।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद्वार स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button