कृषि र किसानखबर

चैते धानको समर्थन मूूल्य निर्धारण

काठमाडौँ, फागुुन २४ गते । सरकारले चैते धानको न्यूूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपियाँ ६९ पैसा तोकेको छ । मन्त्रीपरिषद्को हालै बसेको बैठकले अठार प्रतिशत चिस्यान भएको चैते धानको समर्थन मूूल्य तोकेको हो ।

अठार प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुुन आउने तौलका आधारमा न्यूूनतम समर्थन मूूल्य कायम गर्ने निर्णय गरिएको जनाइएको छ ।

सरकारले गत वर्षदेखि चैते धानको समेत न्यूनतम समर्थन मूूल्य निर्धारण गर्न थालेको हो । गत आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थनमूल्य प्रतिक्विन्टल दुई हजार ७०७ रुपियाँ २८ पैसा तोकेको थियो । गत आवको तुुलनामा चालु आवमा प्रतिक्विन्टलमा ९३ रुपियाँ बढी मूूल्य निर्धारण गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८१/८२ मा एक लाख नौ हजार ३०९ हेक्टर क्षेत्रफलमा पाँच लाख ४४ हजार ३९३ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

यस्तै आव २०८०/८१ एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रफलमा पाँच लाख २० हजार ८०८, आव २०७९/८० मा एक लाख आठ हजार ६०७ हेक्टर क्षेत्रफलमा पाँच लाख ४० हजार ३३१ मेट्रिक टन उत्पादन भएको थियो । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९८ प्रतिशत रहेकामा बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ प्रतिशत छ ।

पछिल्लो समय चैते धानको क्षेत्रफलसँगै उत्पादन पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले बर्खे धानको तुुलनामा चैते धानको उत्पादकत्व बढी रहेकाले उत्पादन बढाउन सकिने बताउनुुभयो । बर्खे धानको क्षेत्र विस्तार गर्न कठिन रहेकाले चैते धानमा सिँचाइ सुविधा थपेर उत्पादन बढाउन सकिने उहाँको भनाइ छ ।

नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म चैते धान खेती गरिन्छ । चालुु आवमा बर्खे र चैते गरेर ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्नेमा अझै ११ लाख मेट्रिक टन धान अपुुग रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । चैत धानको उत्पादन बढाएर धानमा आत्मनिर्भर बन्न खेती विस्तारमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) मा २४.१ प्रतिशत योगदान कृषि क्षेत्रको छ । जिडिपीमा धानको १५ प्रतिशत योगदान छ । मुुलुकभर २६ लाख हेक्टर क्षेत्रफल कृषियोग्य भूूमि रहेको छ, जसमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button