मूल खबरहेड लाइन

पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

न्युज अफ नेपाल
काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाइ गरिएको थियो ।

काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भएका छन् । उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button