
धुलाबारी । द साल्भेसन मिसन चर्च धुलाबारीको आयोजनामा शनिबार मेचीनगर–१० स्थित कालाखुट्टा क्षेत्रमा लागुऔषध दुव्र्यसन विरुद्ध चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
समाजमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उदेश्यले स्थानीयको सहभागितामा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । लागुऔषध दुव्र्यसनले समाज आक्रान्त भइरहेका बेला त्यसबाट जोगाउन कार्यक्रम आयोजना गरिएको हो । शान्त र सभ्य समाज बनाउन द साल्भेसन मिसन चर्चले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
द साल्भेसन मिसन एल्डर तथा अधिवक्ता मानबहादुर खत्रीको अध्यक्षतमा भएको कार्यक्रममा साल्भेसन मिसन चर्चका पूर्वाञ्चल डाइरेक्टर पास्टर जोन लिङ्देन, इलाका प्रहरी कार्यालय धुलाबारीका असई ऋषि निरौला, द गोशपोल हाउस अफ प्रेयका एल्डर तथा सामाजिक अभियन्ता सूर्यप्रसाद राई, मेचीनगर–१० का सामाजिक मेलमिलाप अध्यक्ष प्रकाश खड्का लगायतले मन्तव्य राखेका थिए ।
मुना दाहालले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई प्रशिक्षणसमेत दिइएको थियो । प्रशिक्षणको सहजीकरण अधिवक्ता मानबहादुर खत्री र असई ऋषि निरौलाले गरेका थिए । कार्यक्रममा करिब १ सय जना स्थानीयको सहभागिता रहेको थियो ।