खबर

श्रद्धाञ्जलि अपर्ण गर्दै समाजवादीले मनायो संविधान दिवस

झापा । नेकपा(एकीकृत समाजवादी)झापाले संविधान दिवस मनाएको छ । वर्तमान संविधान प्राप्ति र निमार्णका लागि जिवन बलिदान गर्ने तथा जेएन —जे आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदहरुलाई श्रद्धाञ्जलि अपर्ण गर्दै कार्यक्रम सम्पन्न गरेको सो पार्टीका झापा अध्यक्ष बिपी भट्टराईले बताए ।

उनका अनुसार कार्यक्रम जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो ।सो पार्टीका झापा ईन्चार्ज चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण वर्तमानको समसामयिक राजनीतिका र संविधानका विषयमा अन्तरकृयात्मक कार्यक्रम समेत भएको भट्टराईले बताए ।

जिल्ला अध्यक्ष बिपीभट्टराईले २०४६ साल यता सार्बजनिक पद धारणा गर्ने ब्याक्तीहरु को सम्पती छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग गरेका थिए । कार्यक्रमको सचालन उप सचिब  श्री मिश्र ले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सल्हाकार देबी बराल , ताराराज ओली प्रदेश सचिवालय सदस्य शकर थापा पूर्वजिल्लाअध्यक्ष बेदराज रेग्मी , बासु दुलाल ,श्री सिटौला, मोहन ढकाल , सरस्वती लिम्बू , उदय बराइली लगायतका जिल्लाका नेता र कार्यकर्ता उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button