खबर

शिक्षक हितको नगद मौज्दात २२ लाख बढी, अध्यक्षमा तिम्सिना

लक्ष्मी उप्रेती

मेचीनगर ः झापास्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म बैंक मौज्दात दुई करोड २२ लाख ११ हजार आठसय ७२ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव ५८ प्रतिशतले मौज्दात रकम वृद्धि भएको हो ।

शनिबार झापाको विर्तामोडस्थित अतिथि सदन परिसरमा रहेको उद्योग वाणिज्य संघ विर्तामोडकोसभाहलमा सम्पन्न संस्थाको १३ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा यो उल्लेख छ ।

यो अवधिसम्म संस्थाको कुल बचत संकलन तीन करोड ८८ लाख ३५ हजार २९ रुपैयाँ पुगेको छ भने सेयर पुँजी ८६ लाख ७३ हजार चार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाबाट प्रवाह गरिएको कर्जा लगानी तीन करोड सात लाख ३१ हजार पाँच सय ७७ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार संस्थामा सेयर सदस्यको संख्या एकहजार चार सय २२ पुगेको छ । गतवर्ष यो संख्या एकहजार तीन सय ५१ मात्र थियो।

‘सामूहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ भन्ने नारासहित सञ्चालनमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औँ वार्षिक साधारण सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष प्रेमकुमार कोइरालाले उद्घाटन गरेका थिए ।

उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि कोइरालाले सहकारी संस्थाहरू पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित हुनुपर्नेमा जोड दिए । उनले शिक्षक हित बचत तथा ऋण सहकारीले शिक्षक तथा विद्यालय कर्मचारीहरूको आर्थिक आवश्यकता पूरा गर्न खेलेको भूमिका प्रशंसनीय रहेको बतए ।प्रमुख अतिथि कोइरालाले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार अघि बढ्न सुझाव दिए ।

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले उद्घाटन सत्रको अध्यक्षता गदैं संस्थाको आर्थिक प्रगति सन्तोषजनक रहेको उल्लेख गरे । उनले विगतका वर्षहरूमा विधि, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राखेर गरिएको व्यवस्थापनकै कारण सहकारीले निरन्तर प्रगति गर्न सफल भएको स्पष्ट पारे ।

अध्यक्ष गौतमका अनुसार आगामी दिनमा सहकारीको मुख्य लक्ष्य सदस्यहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने रहेको छ । त्यसका लागि बचत तथा कर्जाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, प्रविधिमैत्री सेवा विस्तार गर्ने, वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने योजना अघि सारिएको छ। साथै, शिक्षक र विद्यालय कर्मचारी लक्षित विशेष कर्जा योजना, आपत्कालीन सहयोग कोष र सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने उनले बताए । कार्यक्रममा सहकारी अभियन्ता हरिचरण बानियाँलगायत वक्ताहरूले सहकारीको दिगोपन, सुशासन र सदस्य सहभागिताको महत्वबारे धारणा राखेका थिए ।

अध्यक्षमा तिम्सिना

साधारण सभाले नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

साधारण सभाबाट कनकाईका हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व छ । सञ्चालक समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा अर्जुनधाराका गोविन्दप्रसाद न्यौपाने र

नवगठित सञ्चालक समितिका सदस्यहरूमा अर्जुनधाराका देउमाया दाहाल, हल्दिबारीका घनश्याम उप्रेती, मेचीनगरका प्रेमप्रसाद निरौला, दमकका ध्रुवराज खड्का, कचनकवलका विपना पौडेल, गौरीगञ्जका सन्ध्या ताजपुरिया तथा शिवसताक्षीका बेनुप्रसाद कार्की रहेका छन् ।

यसैगरी, अर्जुनधाराका तुलसीप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्व सम्मत चयन गरिएको छ । समितिका सदस्यहरूमा बिर्तामोडका भीमप्रसाद आचार्य र दमकका बन्दना भट्टराई चयन भएका छन् ।

संस्थाको पाचौँ कार्यकालका लागि निर्वाचन समिति संयोजक श्री द्रोण बहादर श्रेष्ठले नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

सम्मान

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, ज्येष्ठ सदस्य तथा उत्कृष्ट विद्यालय कर्मचारी सदस्यलाई सम्मान गरिएको थियो । यसैगरी, संस्थामा आबद्ध विद्यालय कर्मचारीका छोराछोरीमध्ये २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र–छात्रालाई समेत सम्मान गरिएको छ । आ.व. २०८१–०८२ मा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य तथा व्यक्तित्वहरुलाई यसै साधारणसभामा तपसिल अनुसार पुरस्कार र सम्मान प्रदान गरियो ।

यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता हरिप्रसाद दाहाल, उत्कृष्ट बाल बचतकर्ता मालवी भुजेल, उत्कृष्ट कारोवारकर्ता नारायण बस्नेत, ,ज्येष्ठ सदस्य सम्मान अग्नीप्रसाद घिमिरे , उत्कृष्ट विद्यालय कर्मचारी चेतनाथ रिजाल कनकाई माध्यमिक विद्यालय, सदस्यका छोराछोरीहरु मध्येबाट वि.सं. २०८२ को माध्यमिक शिक्षा उत्तीर्ण कक्षा १२ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा अनूदिता कोइराला छात्र आभास उप्रेतीरहेका छन् । जिल्लाका सामुदायिक विद्यालयबाट कक्षा १२ को वार्षिक परीक्षा २०८२ उत्कृष्ट छात्रा छात्र विष्णु यशोदा केदारेश्वरी गौरीकान्त पराजुली छात्रवृत्तिद्घारा पुरस्कृत गरियो । यसरी पुरस्कृत हुनेमा छात्रा सञ्जु नेपाल र छात्र साङ्गेन राई छन् । कार्यक्रममा स्वागत मन्तव्य देउमाया दाहालले र स्वागत गीत सञ्चालक समिति सदस्य रुद्रप्रसाद संग्रौला र निवर्तमान सदस्य दिलिप खतिवडाले प्रस्तुत गरेका थिए । शिक्षिकाहरु सितल रेग्मी, सुकृता भट्टराई, सुस्मा पाठकले नृत्य प्रस्तुत गरेका थिए ।

समापन संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमले प्रमुख अतिथि लगायत अतिथिहरुलाई झापाका शिक्षक सहिदहरु अंकित स्मृति चिनो वितरण सहित नवनिर्वाचित सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिलाई बधाई सहित सफल कार्यकालको हार्दिक सुभकामना व्यक्त गर्दै सभा समापन गरेका थिए ।

१३ औँ वार्षिक साधारण सभामा शिक्षक नेता तथा सहकारी अभियान्ता विभिन्न संघ संस्थाका प्रतिनिधि, पेशागत संघ संगठनका नेता , सञ्चारकर्मी, अधिकारकर्मी, सरक्षाकर्मी, संस्थाका सम्पूर्ण समिति उपसमिति लगायत सदस्यहरुको सक्रिय र उत्साहजनक सहभागितामा थियो । कार्यक्रम सञ्चालन उपाध्यक्ष श्री हरिप्रसाद न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button