
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ३० औँ वार्षिक साधारण सभा अहिले संचालन भईरहेको छ । संस्थाको सभाहलमा संचालन भएको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले गरिरहेकाछन् भने कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभाका नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङ्ग रहेकाछन् ।कार्यक्रममा विशिष्ट अतिथि र अतिथिहरुमा कोशी प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली,मेचीनगरका निवर्तमान मेयर बिमल आचार्य मेचीनगर उप प्रमुख मिना पोखरेल (उप्रेती) लगायत विभिन्न राजनीतिकदल र समाजिक संस्थाका अगुवाहरुको उपस्थिति रहेको छ ।साधारण सभामा छिमेकी खानेपानीका अध्यक्षहरु र उपभोक्ताहरुको समेत उपस्थिति रहेको छ ।कार्यक्रम स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोविन्द गिरीले गरेका थिए भने संचालन सचिव विशाल तामाङ्गले गरिरहेकाछन् ।








