मूल खबरहेड लाइन

आयोगको प्रतिवेदन पूर्वाग्रही, कानुनी लडाइँ जारी राख्छु

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा आफूलाई पक्राउ गरिएको बताएका छन् ।

१३ दिनपछि प्रहरी हिरासतबाट मुक्त भएका उनले उनले उक्त प्रतिवेदनकै आधारमा आफूलाई नियन्त्रणमा राखिएको उल्लेख गरे । ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’ उनले भने ।

लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण नागरिकप्रति आभार व्यक्त गरेका छन् । ‘मेरो पक्षमा उभिनुहुने न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल र नेताहरू, शुभेच्छुक तथा सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

त्यस्तै, उनले परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गर्दै आफू कानुनको पालना गर्ने र न्यायप्रति विश्वास राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button