खेलकुद

विद्यालय हिँडेका बालक वेपत्ता

वेपत्ता वालक गौतम यादव ।

महेशकुमार दास

जलेश्वर, जेठ १३ गते । महोत्तरीको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षीय बालक गौतम यादव एक सातादेखि वेपत्ता भएपछि उहाँको परिवारमा रुवावासी चलेको छ ।

जेठ ७ गते बिहानै साईकल चढी जलेश्वरस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ्ग स्कुल जलेश्वरका लागि हिँडेका गौतम गाउँबाटै वेपता भएको उहाँका वुवा आशुतोष यादवले बताउनुभयो ।

विद्यालय सकेर घर फकर्ने बाटो पर्खेर वसेका वुवा आशुतोष यादव र आमा पुनम यादवको अहिले छोरा वेपता भएपछि चिन्तित हुनुहुन्छ । छोरा वेपत्ता भएपछि पाँच दिनसम्म आमा पुनम वेहोस अवस्थामै हुनुहुन्छ । एक छिन होस नआउदै आमा पुनमले वरवराउँदै छोरा फर्काएर ल्याईदिन घरमा भेट्न आउनेलाई आग्रह गर्नुभएको छ ।

विद्यालय सकेर घर फर्किने बाटो कुरेर वसेका पुनमको छोरा घर फर्किन ढिला भएपछि विद्यालयमा सम्पर्क गरेको र गौतम विद्यालय आउँदै नआएको विद्यालय प्रशासनले जानकारी दिएको थियो ।

१५ दिन सम्म पुस्तक नहुँदा विद्यालय नगएका गौतमका वुवाले सापटी पाँच हजार लिएर किताव कापी किनेर जेठ ७ गते विहान ६ वजे विद्यालय जान गौतमलाई पठाउनुभएको थियो ।

बुबा आशुतोषकाअनुसार आफ्नो छोरा वेपता हुनुभन्दा एक दिन अगाडि पनि यस्तो दुई तिन घण्टा सम्म छोरा सम्पर्क बिहिन भएका थिए। त्यो दिन दुई तिन घण्टा पछि नै पछि फर्केकोले सामान्य भन्दै खोजिविन नगरेको उहाँले बताउनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button