स्वास्थ्यहेड लाइन

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान गरिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापति ले जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बोर्डमा बढ्दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्ल का अनुसार हाल बोर्डमा ३६ निजी अस्पताल आबद्ध रहेका छन् र ती संस्थामार्फत बीमितले स्वास्थ्य सेवा लिँदै आएका थिए । बोर्डमा कुल ५०५ स्वास्थ्य संस्था आबद्ध रहेकामा ४४२ सरकारी तथा २७ सामुदायिक स्वास्थ्य संस्था रहेका छन् ।

उहाँले बोर्डको वित्तीय भार व्यवस्थापन गर्न तत्कालका लागि निजी स्वास्थ्य संस्थामा सञ्चालित बिमा कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सदस्यसम्मको परिवारका लागि तीन हजार पाँच सय रुपैयाँ योगदानमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । त्यस्तै थप प्रत्येक सदस्यका लागि सात सय रुपैयाँ योगदान थपिँदै जाने तथा प्रति सदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने व्यवस्था रहेको छ ।हाल स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ जना बीमित आबद्ध रहेका छन् ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button