
नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासहित संखुवासभाका तीन नेतासँग स्पष्टीकरण मागेको छ। केन्द्रीय अनुशासन समितिले दीपक खड्का, जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई ५ दिनभित्र जवाफ दिन निर्देशन दिएको हो।
उनीहरूमाथि आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको, कार्यकर्तालाई प्रभावित पारेको तथा पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाइएको छ।



