भिडियो चौतारीमूल खबरहेड लाइन

चक्रवात अर्नबको असर : नेपालमा भारी वर्षा र हिमपात!नेपालमा तीन दिन मौसम बिग्रिने, उच्च सतर्कता!

बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको प्रभावले नेपालमा तीन दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा समेत वर्षा र हिमपात हुन सक्ने जनाइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button