खबर

नवलपुर अन्तरचर्च हाजिरीजवाफ प्रतियोगितामा अनुग्रह पवित्र चर्च प्रथम

नवलपुर। नवलपुर जिल्ला स्तरीय अन्तरचर्च हाजिरीजवाफ प्रतियोगितामा गैँडाकोट–११ स्थित अनुग्रह पवित्र चर्च प्रथम भएको छ।

नवलपुर क्रिश्चियन युथ फेलोसिप (NCYF) को आयोजनामा २०८३ कात्तिक २९ गते आइतबार कावासोती–२ स्थित कावासोती खानेपानी हलमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न चर्चका टोलीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रथम भएको अनुग्रह पवित्र चर्चले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। फेथ कम्युनिटी ब्याप्टिस्ट चर्च दोस्रो हुँदै २० हजार र डेढगाउँ ग्रेस चर्च तेस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

बाइबलसम्बन्धी ज्ञानमा आधारित प्रतियोगिताको प्रश्नोत्तर कार्यक्रम क्विज मास्टर पास्टर प्रेमनारायण भट्टराईले सञ्चालन गरेका थिए। कार्यक्रम NCYF का अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता तथा पास्टर सुबास गुरौको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतियोगिताले युवाहरूमा बाइबल अध्ययनप्रतिको रुचि बढाउनुका साथै विभिन्न चर्चबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button