कृषि र किसान

विभिन्न कृषि कार्यक्रम संचालन गर्दे कृषि ज्ञान केन्द्र, किसानले ८५ प्रतिशतसम्म अनुदान पाउने

ताप्लेजुङ्ग। कृषि ज्ञान केन्द्र पाँचथरले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले ईच्छुक कृषक, कृषि सहकारी, कृषि समूह, कृषि फार्म, उद्यमीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. किवी खेती प्रर्वद्धन कार्यक्रम
२. सुन्तलाजात बगैंचा व्यवस्थापन तथा सुदृढिकरण कार्यक्रम
३. कफी खेती विस्तार कार्यक्रम
४. व्यवसायीक फलफूल बगैंचा स्थापना सहयोग कार्यक्रम
५. खेर गएका सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रर्वद्धन कार्यक्रम पहिलो वर्ष
६. मकै उत्पादकत्व प्रर्वद्धन कार्यक्रम
७. रैथाने बाली उत्पादन प्रर्वद्धन कार्यक्रम (कोदो,फापर,जौं आदी )
८. मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम
९. युवा लक्षित (च्याउ , मह, तरकारी ) उत्पादन कार्यक्रम
१०. महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम
११. बीउ बिजन आत्मनिर्भर कार्यक्रम पहिलो वर्ष
१२. अदुवा मिसन कार्यक्रम

krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button