खेलकुद

डिफेन्डर कार्लाेसमा लिभरपुल र रियलको नजर

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस क्लब सेभिया तथा ब्राजिलियन डिफेन्डर डिएगो कार्लाेसलाई अनुबन्ध गर्ने प्रयास थालेका छन् । लिभरपुलले भर्जिल भान डाइकको पार्टनरको रुपमा तथा रियलले सर्जियो रामोसको विकल्पको रुपमा कार्लाेसलाई अनुबन्ध गर्ने प्रयास थालेको हो ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भर्जिल भान डाइकको स्थायी पार्टनरको रुपमा २६ वर्षे कार्लाेसलाई लामो समयको लागि ६५ मिलियन पाउन्ड खर्चन तयार भएको स्पेनिस सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जोए गोमिनेज, जोए मटिप र डिजन लभरेन निरन्तर चोटका कारण मैदान बाहिर रहेका छन् ।

भर्जिल भान डाइक २०१८ मा लिभरपुलमा आएयता सेन्टर ब्याकमा स्थायी पार्टनरको खोजीमा रहेको छ । सोही कारण प्रशिक्षक क्लोप र क्लबका स्पोर्टिङ डाइरेक्टर मिचेल इडवार्डबीच कार्लाेसको विषयमा सहमति भएको बुझिएको छ । कार्लाेस यसै समरमा फ्रेन्च लिग वान क्लब नान्टेसबाट १३.५ मिलियन पाउन्डमा सेभिया पुगेका थिए ।

सेभियामा उनले लगातार उच्च प्रदर्शन गरिरहेका कारण क्लोप कार्लाेससँग आकर्षित भएका हुन् । कार्लाेसले यो सिजन सेभियाबाट सबै खेलमा पुरा समय खेलेका छन् । सेभिया ला लिगामा तेस्रो स्थानमा रहेको छ । यस्तै स्पेनिस क्लब रियल मड्रिडले पनि कार्लाेसलाई कप्तान सर्जियो रामोसको विकल्पको रुपमा लामो समयको लागि अनुबन्ध गर्ने प्रयास थालिएको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button