एजेन्सी – स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।
यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ । इन्टरलाई भने फाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ ।
प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा क्रिस्टियानो भिरागीका फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्रिएस मेर्टिन्सको टाइट एंगलबाटर गरेको प्रहारलाई इन्टरका गोलरक्षक ड्यानिले पाडेलीले मुस्किले बचाउदा नेपोली अग्रता लिनबाट चुकेको थियो ।

५०औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले गोल गर्न सकेन । ५७औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । जियोभानी डि लोरेन्जोको पासमा रुइजले गोल गर्न सफल भएका थिए ।
६७औं मिनेटमा फ्रिकिकमा लुकाकुको हेडर सदुपयोग हुन सकेन । ७२औं मिनेटमा त्रिस्टियन इरिक्सनको २० यार्डको प्रहार बाहिरियो । ८६औं मिनेटमा लोउटारो मार्टिनेजको प्रहार प्रहार गोलरक्षक डेभिड ओस्पिनाले बचाए । रिवाउन्डमा इरिक्सनको प्रहार बाहिरिदा इन्टर मिलान बराबरीबाट चुक्यो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिलो डि एम्ब्रोसियाको प्रहारलाई बचाउदै सम्भावित बराबरी टारे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली १–० ले विजयी हुन सफल भयो ।hamrokhelkud



