खबर

रियालसँग बार्सिलोनाको अंक बराबरी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गर्दै शीर्षस्थानको रियाल म्याड्रिडसँग अंक बराबरी गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा गेटाफेमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै बार्सिलोनाले रियालसँग अंक बराबरी गरेको हो ।

बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियालको पनि ५२ अंक रहेको छ । ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा छ ।

बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र सर्जी रोबर्टोले गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । नोउ क्याम्पमा खेलको २३औं मिनेटमा एलान न्योनको गोलले मान्यता नपाउदा गेटाफे अग्रता लिनबाट चुक्यो । जर्ज मोलिनाको हेडरलाई बार्सिलेनाका गोलरक्षक टेर स्टेगनले बचाएपनि रिवाउन्डमा एलान न्योनले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

३३औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६६औं मिनेटमा रोड्रिग्वेजले जेमी माटाको पासमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । ७२औं मिनेटमा रोड्रिग्वेजले गरेको सशक्त प्रहार टेर स्टेगनले उत्कृष्ट बचाउ गरेपछि गेटाफे बराबरीबाट चुक्न पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले २–१ को कठिन जित निकाल्न सफल भयो ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button