खेलकुद

बायर्नको एक अंकको अग्रता

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा शीर्षस्थानलाई यथावत राखेको छ । आइतबार राति एफसी कोल्नलाई ४–१ ले पराजित गर्दै बायर्नले शीर्षस्थानमा १ अंकको अग्रता यथावत राखेको हो ।

जितसँगै बायर्नको २२ खेलबाट ४६ अंक पुगेको छ । उति नै खेलाट आरबी लेइपजिगको ४५ अंक छ । कोल्न २३ अंक जोडेर १४औं स्थानमा छ। बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले दुई तथा रोवर्ट लेवान्डोस्की र किङ्सले कोमानले समान एक गोल गरे । मार्क अथले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । पाँचौं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न खेलमा २–० ले अघि बढ्यो । १२औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

४७औं मिनेटमा कोल्नका जोन कोर्डाेवाले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६६औं मिनेटमा सर्जी जिनाब्रीले व्यक्तिगत दोस्रो तथा टिको लागि चौथो गोल गरेपछि बायर्न ४–० को फराकिलो जिततर्फ अग्रसर बन्यो । ७०औं मिनेटमा घरेलु टोलीका मार्कले एक गोल फर्काएपनि हार टार्न सकेन ।

अर्काे खेलमा मेइन्ज र साल्केले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button