मूल खबर

१०३ दिन पछि थुनामुक्त भए पूर्वसभामुख महरा

काठमाडौं– बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् ।

डिल्लीबजार कारागार कार्यालयले केही समय अगाडि मात्रै महरालाई थुनाबाट रिहाइ गरेको हो ।

अदालतको आदेशानुसार थुनामुक्त भएका महरालाई कारागारमै कैद सजाय भुक्तान गरिरहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला लगायतले खादा र माला लगाएर बिदाई गरे ।

कारागारबाट रिहाइ भएका महरालाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले पनि स्वागत गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले सोमबार महराविरुद्धको दावी नपुग्ने ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो । महराले करिब १०६ दिन थुनामा बिताए ।खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button