खबर

समाजवादी पार्टी अध्यक्षमा खापुङ निर्वाचित

इँटाभट्टा / समाजवादी पार्टी मेचीनगरको अध्यक्षमा ओमप्रकाश खापुङ निर्वाचित भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी एकीकरण भएपश्चात बनेको समाजवादी पार्टीको मेचीनगर अध्यक्षमा खापुङ निर्वाचित भएका हुन् ।

खापुङ यसअघि संघीय समाजवादी फोरमका मेचीनगर अध्यक्ष थिए । खापुङको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षहरुमा कृष्ण कट्टेल, धनकुमार राई र बुद्धि बहादुर श्रेष्ठ छन् । समितिको सचिवमा सरोज श्रेष्ठ, सहसचिवमा पवनलाल मेचे र कोषाध्यक्षमा उमादेवी यक्पाङदेन छन्। त्यसैगरी समितिका सदस्यहरुमा अमर आङ्बो, गंगा बराइली, गोविन्द ढुंगाना, जितेन्द्रप्रसाद गुप्ता, सुनबहादुर वाइवा, सोनु शर्मा, विकास नेपाल, महेन्द्र चौधरी, बाण्ठू राजवंशी, अभिरथ मलाहा, भुपिन चेम्जोङ, सुजन नेम्बाङ, कुमार राना मगर, गुणराज राई, कहक किशान, रत्न साम्सुहाङ, खिर बहादुर थापा, सन्तोष योङया, सन्तबिर मगर, तकण राई, रत्न साम्सुहाङ र शान्ता श्रेष्ठ रहेका छन् । उनीहरुलाई सोमबार नै जिल्ला अध्यक्ष दिपेनवाला राईले सपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button