खेलकुद

एट्लेटिकोसँग लिभरपुलको हार

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हार बेहारेको छ। मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो ।

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो । कारवाओ कपमा एस्टनभिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित रहेको थियो । यसक्रममा लिभरपुलले एफए कपमा स्रुजवरीसँग २–२ गोलको बराबरी खेलेको थियो । बाँकी १३ खेलमा जित निकाल्न सफल भएको थियो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा साउल निग्वेजले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायन बन्न पुगेको थियो । लिभरपुल सम्हालिन नपाउदै खेलको चौथो मिनेटमा नै सउल निग्वेजको गोलबाट घरेलु टोलीले खेलम अग्रता बनाएको थियो । कप्तान कोकेको पासमा निग्वेजले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।

सुरुवातमै पछि परेपछि लिभरपुलले बल पोजेसनमा पकड जमाउँदै घरेलु टोलीलाई दवावमा राख्दै २६औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गरेपनि उनी अफसाइड ठहरिए । त्यसअघि २५औं मिनेटमा भर्जिल भान डाइकले अल्भेरो मोराटोको प्रहारलाई गोल लाइनबाट क्लियर गरिदिएका थिए ।

२९औं मिनेटमा फिर्मिनोको पासमा एन्ड्रिउ रोवर्टसनको प्रहार बाहिरियो । ३५औं मिनेटमा फिमिनोकै पासमा सलाहको प्रहारलाई फिलिपेले ब्लक गरिदिए । ५३औं मिनेटमा सलाहले अर्काे अवसर खेर फाल्दा लिभरपुल बराबरीबाट चुक्यो । ६८औं मिनेटमा अल्भेरो मोराटाले गोलको सुन्दर मौका खेर फाल्दा एट्लेटिको अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो ।

अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा ११ मार्चमा हुनेछ । लिभरपुललाई अघिल्लो चरणमा पुग्न कम्तीमा पनि जित आवश्यक छ। एट्लेटिकोलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त हुनेछ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button