स्वामीले जसो जसो र जे जे गर्नुहुन्छ र भन्नुहुन्छ हनुमान समूह सादर प्रणाम सहित दण्डवत् गर्छन् । स्वामीको टोपी अलिक मिलेन कि भनेर अन्यको वाणी भुइँमा खस्न नपाउँदै स्वामीका हनुमानहरु पट्टा खेलेर उफ्रिन्छन् मानौँ कि उहाँ सृष्टिको एक मात्र त्यस्तो धातुले निमार्ण गरिनु भएको रचना हो जसका बारेमा कसैले बोल्नु भनेको लोकको अपमान हो हनुमानहरुको जिकिर हुन्छ ।
स्वामीकै आगेपिछेका कारण र स्वामीकै भजनका कारण समरस्वाँटहरुले कल्पना नगरेका आसनमा ओथारा बस्ने सौभाग्य प्राप्त गरेकै कारण उनीहरुको शीर हरपल स्वामीका पदमा दण्डवत शैलीमा नतमस्तक देखिन्छन् । स्वामीका कमीकमजोरीका बारेमा कसैले मुख उघार्नु भनेको घोर पाप र अपराध हो भन्ने जब्बर अड्डि कस्छन् उनका हनुमानहरु र भन्ने गर्छन् उनीहरु स्वामी स्वयम्मा कञ्चन शुद्धताको अनुपम उदाहरण हो उहाँको हुकुमलाई शिरोधार्य गर्न अस्विकार गर्नु भनेको सुशासन र समृद्धता माथिकै ठाडो हमला हो ।
दया र करुणा लाग्छ स्वामीका हनुमानहरुको न सोच र न चिन्तन नत अक्कल न कल्पना बिना निर्जिव समान जस्ता देखिने उनीहरु स्वयम्मा समेत चकित छन् । कैयन सपनामा पनि नदेखेका आसन आज एकाएक स्वामीका अनुयायी भएकै कारण उहाँका हनुमान क्लबका सदस्य भएकै कारण प्राप्त गर्न पुगेकामा उनीहरु स्वयम्नै रनभुल्लमा छन् । स्वामीले जे गर्नु हुन्छ र भन्नु हुन्छ त्यो लोक र लोकबासीका लागि अमृत सरह हुन्छ यो हनुमान शास्त्रीय सिद्धान्तका सदस्यहरुको मत रहेको छ स्वामी स्वयम् लोक कल्याणका लागि यस लोकमा अवतरण गर्नु भएको हो र उहाँका प्रत्येक वाणीमा लोकहित बाहेक केही हुन्न भन्ने दास शास्त्रीय शिक्षालाई स्वामी मन्त्रको रुपमा धारण गरेर यसकै वकालतमा ध्याउन्न जस्ता देखिन्छन् स्वामीका भक्तहरु ।
साँचो मनले स्वामीकै हितका लागि कसैले असल मनशाय राखेर सझाव दिएको पनि यी अड्कलवादहरुलाई पाच्य बन्दैन कारण उनीहरुको एउटै स्वामी मन्त्र यो छ कि स्वामीनै लोकहितका एक मात्र मसिह हुनुहुन्छ उहाँ बाहेक अरु कोही पनि हुन सक्दैन शुद्धमनको सल्लाह समेत यी हनुमानहरुका लागि औडाहको पहाड जस्तो बन्ने गर्छ । आफ्नो क्लब बाहेक अरुलाई कमसल मान्ने हुनमान समूह न क्षमताको कदर गर्न रुचाउँछन् न योग्यताको मापन गर्ननै भाँती पु¥याँछन् ।उनीहरु स्वयम्मा सुन्नीएर मोटाएकाले बाँकी सबैलाई उस्तै देख्छन् । क्षमता र योग्यताको मापन प्रयोग गर्ने हो भने हनुमानहरुको बेहाल हुने पनि उनीहरुलाई थाहा छ तर सिद्धान्तका एक दुई हरफ जबरजस्ती घोकेको र हनुमान शास्त्रलाई स्वामीको चरणमा राखेर पलपल दण्डवत शैलीमा आफ्नो शीर झुकाएरनै स्वामी प्रशन्न पार्न पल्किएकाहरुले स्वामीका बारेमा जति सुकै चिन्ता र फिक्रीको नाटक गरेका भएपनि हनुमानहरुकै कारण कतै स्वामीको आभामा दब्बा लाग्न त थालेको छैन अब स्वामी स्वयम्ले एक पटक हनुमानहरुबाट अलिक टाढा बसेर आत्मचिन्तन गर्ने बेला पो भएको हो कि ?
0 20 2 minutes read



