
मिलन राई
चुनाव आउँछ नेताहरु गाउँ छिरेका हुन्छन् । परस्पर माथिका नेतालाई नि दैनिक फोन गरिरहेका हुन्छन् । कार्यकर्ताहरुसँग नि परस्पर सम्पर्क तथा कुरा भइ नै रहेको हुन्छ । हरेक दिन इभिनिङ्ग सिटिङ्ग पनि चलि नै रहेको हुन्छ । नेता ज्यूले पैसा खोला बगाएसरी बगाई रहनु भएको हुन्छ। एका थरि नेता भने बर्ष भरि जनताको घर आँगन मै हुन्छन् जनता कै काम गरिरहेको । चुनावी सरगमले बजार तताए कै हुन्छ । टिकट कस्ले पाउने चोक–चोकको चिया पसलमा चर्चाको विषय त्यहि नै हुन्छ । चिया पसलमा तर्क वितर्क चल्छ । आफ्ना आफ्ना पार्टीको दुबै खाले नेताहरुको विषयमा तर्क राख्ने क्रम जारी नै राख्छन् । बजारमा चर्चा चल्छ हरी बहादुर जो कहिले काहि गाउँ आउँछन् विशेष गरि चुनावको बेला जो सँग अथाह सम्पत्ति भएको अड्कल काड्छन मानिसहरु । हरि बहादुुरको सम्पत्तिको स्रोत भने उनीहरुलाई थाहा हँुदैन । उनीहरुलाइ त्यत्ति थाहा हुन्छ हरि बहादुर ठूलो मान्छे हो जसको ठूलो मान्छे, नेता, व्यापारीसँग पहुँच छ । राम बहादुर जो जनताको काम गरी स्थापित हुन्छन् । जो सँग त्यत्ति पैसा हुँदैन तर जनता उसको पक्षमा हुन्छन् । दुवै जनाको टिकट पाउने दमदार सम्भावना रहेको तर्क राख्छन् आम कार्यकर्ताको चासोको विषय त्यहि बन्छ । त्यति नै बेला पार्टीका युवा कार्यकर्ता युवा विच अलि लोकप्रिय मानिएको नेता हरि बहादुरको पक्षमा वकालत गर्छन् । त्यस बखत हरि बहादुरको वरि परि दुईचार केटाहरु हर बखत हुन्छ । राम बहादुर पनि पार्टी कार्यकर्ता भेट्न व्यस्त नै हुन्छन् । हरि बहादुरको तामझाममा कारण बजारका चिया पसलमा भद्र भलाद्मिहरु बिच चर्चा चल्न थाल्छन् । मान्छे त ठिक राम बहादुर नै हो तर रामबहादुरसँग हरी बहादुर जस्तो पैसा छैन । हरि बहादुरले केटा पनि चलाउन सक्छ, चुनाब खर्च पनि व्यहोर्न सक्छ । पटक पटकको भद्र भलाद्मीहरुको त्यहि निश्कर्षका कारण चुनावका लागि चाहि हरि बहादुर नै ठिक भन्ने आम जनताको पनि धारणा बन्न थाल्छ । त्यस पछि के हुन्छ तपाई हामीलाई थाहा भएकै विषय हो । त्यसै प्रकृतिले प्रवल दावेदार मानिएको पार्टीको पनि उम्मेद्वार छानिएको हुन्छन् । यो कथा त नेपालको हरेक गाँउगाँउको होइन र ? एकै प्रकृतिका मानिसहरु उम्मेद्वार भएकाले जस्ले जिते पनि कुरा त्यहि नै हो ।
चुनाव खर्चिलो हुनु पर्ने, उम्मेद्वारले करोडौ पैसा खर्च गर्नु पर्ने । गाउँ–गाउँमा भोज भतेर गर्नु पर्ने । युवा परिचालनको नाममा लाखौँ पैसा रक्सी जाँडमा सिध्याउनु पर्ने, हजारौँको संख्यामा बाइक ¥याली, ¥यालीमा आएका प्रत्येक बाइकमा तेल हाल्नु पर्ने । हरेक घर, विजुलीको पोल, चोक–चोकमा ठूलाठूला आ–आफ्ना पार्टीको कपडाको झण्डा व्यानर हुनु पर्ने । कार्यकताहरुलाई गाउँ–गाउँमा आ–आफ्ना पार्टीको चुनाव चिन्ह छापिएको भेष्ट ,टोपी वितरण गर्नु पर्ने, सयौँ कार्यकर्ताको संख्यामा घरदैलो कार्यक्रम फेरी छुट्टै छ कार्यकर्ताको दैनिक खाना, यातायातमा प्र्रयोग हुने गाडी, साउण्ड सिस्टम । त्यसै बेला युवाहरुलाई चाहिन्छ टोलटोलमा खेलकुद सामाग्री । ज्याला मजदुरी गर्नेहरुको घरमा नि त्यसैबेला सकिन्छ चामल । ती सबैकुरा पुरा गर्न नेता ज्यू अलिकति पनि चुके भने त जित नै धरापमा परिहाल्छ नि ।
मैले जोड्न चाहेको विषय यहाँ के हो भने भ्रष्टचारको सुरुवात तपाई हाम्रो मानसिकताबाट नै सुरु भइसकेको हुन्छ । हामी किन ती सबै क्रियाकलाप बाहेकका चुनावको कल्पना समेत गर्दैनौ ? गत चुनावमा नेकपाका एकजना नेता युवराज ज्ञवालीले पाएको टिकट पनि चुनावी खर्च नभएका कारण टिकट फर्काउनु भयो । चिया गफमा सुनेको कुरा खोटाङ्गका एक जना नेता यो पटक पनि चुनाव हार्नु भएको भए कङ्गाल नै हुन्थेरे । कुनै एक व्यक्तिले चुनाव जित्नका लागि आफ्नो सर्वस्व खर्चेको हुन्छ आफ्नो बचत, कमाई, पैतृक सम्पत्ति । स्वभाविक नै हो लगानी गरे पछि मानिसले कमाउन खोज्छ । लगानी उठाउन खोज्छ त्यो पनि व्याज सहित । अझ लगानी गरे भन्दा बढि नै उठाउन खोज्छ । नेता ज्यूमा पनि त्यहि नियम लागु हुन्छ । कमाउन त खोजीहाल्छन् अर्को चुनाव पनि पाँच वर्ष पछि त आउँछ नै । फेरी खर्च त गर्नु नै पर्छ । अव तपाइ हिसाव गर्नुस् नेता ज्यू कति दोषी र हामी आम भोटर कति दोषी ? मैले यो भनि रहेको छैन कि पदमा पुगेको मानिसहरुलाई राज्यको सम्पत्ति लुट्न दिनु पर्छ । तर लुट्न बाध्य पार्ने त तपाई हाम्रो सोच नै हो नि होइन र ? हामी खर्च विनाको चुनावको कल्पना समेत गर्दैनौ । हामी खर्च गर्ने उम्मेद्वारलाई अव्वल ठान्छौ ।
मेरो विचारमा नेपालमा यहि नै भइरहेको छ । त्यत्रा जनताको अभिमत पाएर दुईतिहाइको नजिक बहुमत पाएको सरकार जसलाई देश र जनताको पक्षमा काम गर्न कुनै बाधा छैन । पाँच बर्षसम्म कसैले हल्लाउन सक्दैन । देश बनाउने सुनौलो अवसर पाएको नेकपा पार्टीका मन्त्रीहरु किन भ्रष्टचारमा मुछिइ रहेका छन् ? वर्तमान राजनीतिमा देखिएको बेथितिप्रतिको प्रमुख प्रश्न यहि छ । सरकारी कार्यालय, मन्त्रालयहरुको प्रवेशद्वारमा नै ठूलाठूला अक्षरले लेखिएको हुन्छ “म भ्रष्टचारीको मुख पनि हेर्दिन, भ्रष्टचार गर्दिन” तर त्यहि बोर्डको पछाडी मन्त्रीहरु किन भ्रष्टचार गरिरहेका छन् । भर्खरै संञ्चार मन्त्रीको लेनदेनको अडियोको कारण मन्त्री ज्यूले मन्त्री पदबाट नै राजिनामा दिनु प¥यो ।
त्यसो भने नेकपाका नेता नै गलत हुन त ? होइन अवश्य पनि होइन किनभने हिजोको दिनहरुमा ज्यानको बाजी राखेर जनताको आवाज उठाउँदै भुमिगत भई जनताको घरमा सरण लिँदै हिँड्ने व्यक्ति पनि यिनै थिए । उनीहरुको त्याग र लगाव प्रति मैले प्रश्न चिन्ह तेर्साएकै होइन । हिजो ज्यानको माया नगरी जनताको लागि दुख गर्ने नेताहरु एकाएक किन लोभी भए ? किन भने ज्यान भन्दा ठूलो त पैसा अवश्य पनि होइन । नेताहरुलाई लोभी बनाउन के तपाई हामी त दोषी छैनौ ? नेताले चुनावमा खर्च गर्नु पर्छ, अथाह सम्पत्ति हुनेले मात्र राजनीति गर्नु पर्दछ भन्ने तपाई हाम्रो सोचाई त कतै दोषी छैन ? जनताको घरदैलोमा हर वखत रहने जनताको सुख–दुखमासँगै रहने आस्थाको राजनीति गर्नेहरु चाँहि नेता नै होइनन् ?
हामी टेलिभिजनमा देख्न सक्छौँ अमेरीकाको राष्ट्रपतिकोे चुनावमा दुई प्रतिपक्षिहरु बिच चुनावी एजेन्डा, भावी आर्थिक राजनीतिक, आर्थिक, अन्तर्राष्ट्रिय नीतिका बारेमा चर्को वादविवाद हुने गर्दछ । न त यहा जस्तो चुनावि सभा, न बाईक ¥यालि न यहाका सबै चुनावी गतिविधि । मलाइ लाग्छ भ्रष्टचारको प्रमुख कारण नै हाम्रो चुनावी तौरतरीका र सोचाई हो । जब सम्म चुनाव खर्चिलो हुन्छ तव सम्म नेकपा मात्र होइन अन्य जुनै पार्टी आए पनि लगानि त उठाउछन नै नेताहरुले । भ्रष्टचार रोक्नको लागि सव भन्दा पहिले हाम्रो सोच बदलौ , जनताको सुख–दुखमा सगै रहने नेताहरुलाई स्थापित गरौ । खर्चिलो चुनावी आचार संहिता बदलौ । नेताले गर्ने खर्च भन्दा नेताले बोक्ने एजेण्डालाइ महत्व दिऊ । त्यति गर्दा पनि भ्रष्टचार गर्नेलाइ आजिवन कारागारमा हाल्न सक्ने कडा कानुन बनाऔ मेरोे मष्तिष्कले देखेका समाधान यहि नै हो । देश राम्रो बनाउनलाई तपाई हामीले छानेर पठाउने जनप्रतिनिधि पनि राम्रो हुनु प¥यो नि होइन ? राम्रो जनप्रतिनिधि छान्नलाई हाम्रो मानसिकतामा कत्तिको परिवर्तनको आवश्यकता होला ? मेरो प्रश्न यहि छ सबैमा, janasamsaddaily



