कृषि र किसान

प्रदेश ५ मा कृषकलाई बिना धितो अव १ करोड सम्म कृषि कर्जा

बुटवल। प्रदेश ५ सरकारको कृषि भूमि ब्यवस्था सहकारी मन्त्रालय तथा कृषि बिकास बैंकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको अनुदान कार्यान्वयन हुने बिश्वास गरिएको छ । प्रदेश ५ कृषि भूमि ब्यवस्था मन्त्रालयले कृषि क्षेत्रको ब्यवसायीकरण एवंम आधुनिकरणका लागि ब्यवसायीक कृषकहरुलाई सहुलियतपूर्ण कृषि ऋण तथा ऋणको ब्याजमा अनुदान उपलब्ध गराई सहज बित्तयि पुंजीबाट लगानी बृद्दी गर्ने उद्देश्यले कृषि बिकास बैंक र मन्त्रालयका बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हस्ताक्षर गरिएको समझौता पत्रमा उल्लेख गरिएको छ ।

कृषि मन्त्रालयले प्रस्ताबित गरेको कार्यबिधी अनुसार प्रदेश भित्र कार्यरत बाणिज्य बैंकहरुले कार्यबिधि अनुसारको प्रकृया पुरा गरी कृषक उद्यमी, फर्म, कम्पनी, कृषक समुह तथा सहकारीहरुलाई राष्ट्रबैंकले तोकेको प्राथमिकता क्षेत्र कर्जाको रुपमा कृषि ऋण उपलब्ध गराउन सक्नेछन । यसरी उपलब्ध गराएको कृषि कर्जामा नेपाल सरकारले उपलब्ध गराउने ब्याज अनुदानको अतिरिक्त मन्त्रालयबाट कार्यबिधि अनुसारको थप ब्याज अनुदान दिने ब्यवस्था मिलाइनेछ । तर नेपाल सरकाले तोकेको क्षेत्र भन्दा बाहिर प्रदेश सरकारको कार्यबिधिले तोकेको क्षेत्रमा कृषि ऋण लगानी गर्दा मन्त्रालयले तोकिएको सिमा सम्म ब्याज अनुदान उपलब्ध गराउन सक्नेछ ।

सम्झौता भए पछि मन्त्रालयले तयार पारेको शुलभ कर्जा सहजीकरण तथा ब्याज अनुदान कार्यक्रम संचालन कार्यबिधी बनाई कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले हस्ताक्षर गरि पछि सेलाउने र सम्झौता कार्यान्वयनमा अलमल नगरिने प्रतिबद्धता ब्यक्त गनुभयो ।

कार्यक्रममा बोल्दै कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले मन्त्रालय र बैंक बिच भएको सम्झौता कायान्वयन हुन सके कृषि क्षेत्रले धेरै प्रगति गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय, भैरहवाका प्रमुख चन्द्रसिंह थापा र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव तेजबहादुर सुबेदीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौपत्रका अनुसार सम्झौता कार्यान्वयन भए लगत्तै किसान तथा कृषिमा आधारित उद्योगी ब्यवसायले धितो वा बिना धितो सहलियत ब्याजदरमा ऋण पाउने छन् । ब्यवसाय र परियोजनालाई आधार मानेर बैंकले ऋण लगानी गर्नेछ भने मन्त्रालयले त्यस्ता किसानहरु प्हिचानगरि लगानीका लागि सिफारिस गर्ने छ । कृषि बिकास बैकको देशका ७७ वटा जिल्लामा २८० शाखा तथा ६ वटा तालीम केन्द्र रहेकाछन् ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button