खेलकुद

सहिद सप्ताहको अवसरमा दाङमा कराँते प्रतियोगिता

बिहीबार बिहानदेखि सुरु भएको खेल प्रतियोगिताको उद्घाटन युवा संगठनका केन्द्रीय महासचिव सागर पुनले गरेका थिए । उद्घाटन कार्यक्रममा युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल, प्रध्यानाध्यापक नारायण पौडेल लगायतले मन्तव्य राखेका थिए । युवा संगठन नेपालका केन्द्रीय सदस्य विरेन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले खेल क्षेत्रलाई राज्यले उचित सम्मान गर्न नसकेको बताए।

खेलको विकास र खेलाडीहरुको प्रतिभालाई सम्मान गर्ने उद्देश्यले यो खेल कार्यक्रम गरिएको बताए । राज्यले खेल जगतलाई वेवास्ता गरेकाले अब स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थाले खेलको विकास र खेलाडीहरुको व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे । राष्ट्रियता, खेल क्षेत्र र खेलाडीहरुको भविष्य नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा हुने एकीकृत जनक्रान्तिले मात्र सुनिश्चित गर्ने बताए ।

खेलको सुरु भएको उद्घाटन राप्तीका ५ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको कराँते प्रतियोगितामा विभिन्न तौल तर्फ छात्र छात्राहरुले भाग लिएको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई टीका लगाएर मेडल प्रमाणपत्रले सम्मान गरिएको थियो भने खेलका प्रशिक्षक तथा रेफ्रीहरुलाई पनि सम्मानपत्र र खाँदाले सम्मान गरिएको थियो ।

जसमा छात्र काता विधाबाट प्रथम विकेश नेपाली, द्वितीय सुनिल चौधरी, तृतीय इन्द्र बहादुर वली, तृतीय जितेन्द्र बुढा र छात्रा काता विधाबाट प्रथम कृति चौधरी, द्वितीय बिजौरा ऐडी, तृतीय मञ्जु घर्ती, तृतीय प्रियकां खड्का भएका छन् ।

छात्रको कुमिते विधातबाट ५५ केजी तर्फ प्रथम स्वर्णिम रोका, द्वितीय दिनेश गौतम, तृतीय विक्रम थापा, तृतीय पारस खड्का र छात्रा कुमिते विधातर्फ ५५ केजी तौल समुहमा प्रथम आचल बुढा मगर, द्वितीय सुनमाया थापा मगर, तृतीय अञ्जली साहु मगर, तृतीय भूमिका बुढा मगर भए।

त्यसैगरी ५० केजी कुमिते विधाको छात्र तर्फ प्रथम विशाल विक, द्वितीय विकेश नेपाली, तृतीय अमर रास्कोटी, तृतीय कुमार चपाई र छात्रातर्फ ५० केजी कृति चौधरी, द्वितीय बिमला रेश्मि मगर, तृतीय मञ्जु घर्ती मगर, तृतीय प्रतिभा केसी, त्यस्तै ४५ केजी छात्रतर्फ प्रथम जितेन्द्र बुढा मगर, द्वितीय किरण केसी, तृतीय मदन भण्डारी, तृतीय वर्मान बुढा मगर र छात्रातर्फ ४५ केजी प्रथम बिजौरा ऐडी, द्वितीय बिमला डाँगी, तृतीय बिनिता बुढा, तृतीय पवित्रा चौधरी हुनुभयो । ३५ केजी छात्रतर्फ प्रथम यम प्रकाश देवकोटा, द्वितीय रोहित परियार, तृतीय विनोद पाटा र ३५ केजी छात्रातर्फ प्रथम एलिना शाही, द्वितीय सपना खातु, तृतीय प्रतीक्षा चौधरी, तृतीय बालमाया भण्डारी त्यस्तै ३० केजी छात्रतर्फ प्रथम लक्ष्मण शर्मा, द्वितीय श्वस्ती बुढा, तृतीय विवश चौधरी, तृतीय नवीन रोका र ३० केजी छात्रातर्फ प्रथम प्रगति विष्ट, द्वितीय वर्षा रोका मगर, तृतीय दिया बुढाथोकी, तृतीय प्रियकां खड्का र २५ केजी छात्रतर्फ प्रथम टार्जन बुढाथोकी, द्वितीय दिपक गौतम, तृतीय आलिक पुन मगर, तृतीय निर्माण पौडेल, २५ केजी छात्रातर्फ प्रथम सृष्टि विष्ट, द्वितीय मिना बुढा, तृतीय विष्णु बुढा, तृतीय विपना पुन भएका छन् ।

खेलको अवधिभर महत्वपूर्ण भूमिका निर्वाह गर्ने वरिष्ठ प्रशिक्षक बलराज नेपाली, सहिद स्मृति आवासीय विद्यालय बनकट्टीलाई, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी विवेक विकलाई सम्मानपत्र र खाँडा ओढाएर सम्मान गरिएको थियो त्यस्तै प्रशिक्षक तथा रेफ्रीहरुमा दिनेश केसी, एमेसन चौधरी, देउचन केसी, रेशम खड्का, पोमराज घर्ती, किम बहादुर परियार, हरिस चन्द्र राना मगर, नवराज रोका, पदम बहादुर बस्नेत, विजय जिएम, विवेक कुमार विक, ताराबहादुर वली, प्रजित बुढा, बम बहादुर बुढाथोकी, युद्धजित रोका, बलराज नेपालीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

युवा संगठन नेपालका केन्द्रीय सदस्य विरेन्द्र विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहिद स्मृति आवासीय विद्यालयका प्रध्यानाध्यापक नारायण पौडेलले आफ्नो मन्तव्य राखेका थिए भने सञ्चालन युवा संगठन नेपाल, रुकुम पश्चिमका अध्यक्ष लय साहानीले गरेका थिए ।eratokhabar/from -sunday

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button