
एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइन्लमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोस्र्टसमाउथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो ।
फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरे । घरेलु टोलीलाई खेल भर नै दवावमा राखेको आर्सनलले गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । आठौं मिनेटमा इलिस ह्यारीसनले गोलको अवसर खेर फाले ।

२४औं मिनेटमा बुकायो साकाको प्रहारलाई पोस्र्टसमाउथका गोलरक्षक एलेक्स वासले बचाए । ३०औं मिनेटमा रेइस नेल्सनको प्रहार बाहिरिदा आसर्नल अग्रता लिनबाट चुक्यो । ४५औं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ५१औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सनलको जित पक्का गरे । त्यसपछि पनि आर्सनलले केही अवसर खेर फाल्दा थप गोलअन्तरमा जित सफल भएन ।
एफए कपको प्रि–क्वाटरफाइनलमा आज राति ३ खेल हुदैछ । प्रिमियर लिग क्लब चेल्सी र लिभरपुलबीचको खेल नेपाली समय अनुसार १ः३० बजे प्रतिस्पर्धा हुदैछ । रिडिङ र सेफिल्ड युनाइटेड तथा वेस्ट ब्रोम तथा न्यु क्यासलबीच प्रतिस्पर्धा हुनेछ । खेलहरु नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।hamrokhelkud



